Tuesday, January 6, 2015



 प्राध्यापकहरू विभिन्न कारण देखाउँदै ल्याप्चे मेसिनमा हाजिर गर्न मान्दैनन्


मंगलबार बिहान त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागमा पुग्दा साढे दश बजेको थियो। विभागीय प्रमुख शिवशरण महर्जनले कार्यलय बाहिर राखिएको मेसिनमा बुढी औंलाले छोए। मेसिनले ठीक चिन्ह देखाएपछि टेबुलमा रहेको हाजिरी रजिष्टरमा दस्तखत गरे। बुढी औंलाले छोएको भरमा आएको र गएको रेर्कड राख्ने यो मेसिन महर्जनलाई गज्जब लागेको छ। 
 
विद्यार्थीको सधै गुनासो हुन्थ्यो, विषयविज्ञ, प्राध्यापक र डाक्टरहरु त्रिविमा जागिर त खान्छन, तर कहिलै अनुहार देखाउादैनन। धेरै प्राध्यापकहरु बाहिरका कार्यक्रम सक्ने विश्वविद्यालयमा हाजिर गर्न मात्र जान्थे, केही दिनअघि र पछिको समेत हाजिरी ठोक्थे। 
 
अति नै भएपछि केही समय पहिला त्रिविका विद्यार्थीले फर्जी हाजिरी गर्ने प्राध्यापकको हाजिरी पुस्तिका च्यातेर फालिदिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि त्रिविमा प्राध्यापकको हाजिरीका विषयमा चासो देखायो। अख्तियारले चासो मात्र देखाएन, वैज्ञानिक व्यवस्था गर्न निर्देशनसमेत दियो। 
 
अहिले त्रिविका धेरै केन्द्रीय विभागले धमाधम ल्याप्चे (फिंगर प्रिन्ट एटेन्डयान्स) मेसिन प्रयोग गर्न थालेका छन्। करिब ४३ हजार मूल्य पर्ने मेसिनको पुरै भर भने उनीहरुलाई छैन। त्यसैले रजिस्टरमा हाजिर गर्ने चलन पनि कायमै छ। 
 
कतिपय प्राध्यापकलाई भने यो प्रविधि टाउको दुखाइको विषय बनेको छ। ल्याप्चे मेसिनको विरोध गर्ने प्राध्यापक शिक्षाशास्त्र केन्द्रीय विभागमा बढी छन। १ सय ५० जनाको स्थायी दरबन्दी भएको सो विभागका कतिपय प्राध्यापकले विभिन्न कारण देखाउँदै ल्याप्चे मेसिनमा हाजिर गर्न मानेका छैनन्।
 
'कतिपय सरहरुलाई नयाँ प्रविधि पचेको छैन', विभागीय प्रमुखले भने। ल्याप्चे हाजिरी नगर्ने प्राध्यापकलाई महर्जन निर्देशन दिन पनि सक्दैनन्। 'ल्याप्चे हाजिर नगर्ने सरहरु मभन्दा पनि सिनियर हुनुहुन्छ, मैले उहाँहरुलाई जबरजस्ती गर्न पनि सक्दैन', महर्जनले गुनासो पोखे।
 
परीक्षणमा रहेको ल्याप्चे मेसिनमा पनि केही व्यवहारिक समस्या छन्। व्यवस्थापन केन्द्रीय विभागकी कम्प्युटर अपरेटर सन्ध्या पौडेलका अनुसार मेसिनले बिहान साढे दश बजेसम्म मात्र इन्ट्री गर्छ। साढे दशबजेपछि रेकर्ड नै राख्दैन। साँझ पनि पौने चारबजेपछि मात्र बाहिरिएको रेर्कड राख्छ। सबैभन्दा मर्कामा एक दुई पिरियडमात्र पढाउने प्राध्यापक परेका छन्। भइपरि आउने विदा र अन्य व्यवहारिक विशेषता नसमेटिएकाले समस्या भएको पौडेल बताउँछिन्। समस्या समाधान गर्न पहल भइरहेको पौडेलले जानकारी दिइन्। 
 
दिउँसो साढे तीन बजे त्रिविका निमित्त रजिष्ट्रार समेत रहेका प्राध्यापक देवराज अधिकारी त्यही मेशिनमा बुढी औंलो छुवाउन कुरिरहेका थिए। 'चार बजेदेखि बल्खुमा मिटिङ छ, तर यो मेसिनले पौने चार नबज्दासम्म गएको रेर्कड नै राख्दैन, नत्र त अघि नै गइसक्थे', अधिकारीले हाँस्दै भने। ल्याप्चे मेसिनले हाजिरी नियम प्रभावकारी भएको अधिकारीको बुझाई छ। 'सरहरुमा पनि इमान्दार हुनुपर्छ भन्ने परेको छ', अधिकारीले भने। व्यवस्थापन विभागमा मेसिनको प्रयोगमा कुनै विवाद नभएको पनि उनले जानकारी दिए। 
 
चार बजे त्रिविको केन्द्रीय कार्यालयबाट बाहिर निस्कन लाग्दा प्राध्यापक र कर्मचारी त्यही ल्याप्चे मेसिनमा बुढी औंला छोइरहेका थिए।


साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय डोल्पाले एक हजार २०० क्विन्टल आयोडिन युक्त नुन मङ्गलबार वितरण गरेको छ। 
 
अब चैत महिनामा मात्र नुन वितरण हुने गर्दछ। जिल्लाका भोट क्षेत्रका छवटा गाविसलाई केन्द्रीय कार्यालय काठमाडौँबाटै तातोपानी भन्सार, स्वशासित क्षेत्र चीन हुँदै डोल्पाको तिन्जे डिपो कार्यालयबाट वितरण हुने गर्दथ्यो । यस पटक १७ वटै गाविसलाई सदरमुकाम दुनैबाटै वितरण भएको छ। 
 
पाँच सदस्य भएको घरमा मासिक एक केजी, ६ देखि १० जना भएकालाई दुई केजी र त्योभन्दा धेरै सदस्य भएमा मासिक तीन केजी दिने नियम रहेको छ। 
विगतका वर्षमा सदरमुकामभन्दा केही टाढा रहेका गाविसमा ठेकेदारद्वारा ढुवानी गरी ती गाविसको पाइक पर्ने ठाउँमा वितरण हुन्थ्यो । अहिले सदरमुकामबाट मात्र आयोडिन युक्त नुन वितरण हुँदा सर्वसाधारण हजारौँ रुपैयाँ खर्च गरेर नुन लिन आउन बाध्य छन् । 
 
आर्थिक वर्ष २०७१\७२ मा ठेकेदार कमल गुरुङले सिधैँ सदरमुकाम पुर्‍याएपछि यहाँबाटै वितरण भएको हो । गाउँमा वितरण गर्दा पनि सदरमुकामकै ढुवानी खोजेकाले यस पटक कुरा नमिलेको डिपो कार्यालय डोल्पाका खरिदार प्रकाश धाँमीले जानकारी दिए। 
 
तीन महिनामा एक पटक वितरण गरिने नुनमा पहुँच भएका व्यक्तिले तोकिएको मापदण्डभन्दा बढी नुन पाएको तर गाउँबाट नुन लिन आएका सर्वसाधारणले नुन पाउन निकै मुस्किल भएको सर्मी गाविसका लालबहादुर बुढाले दुखेसो पोखे। रासस 
धेरै मध्यमवर्गीय नेपाली युवाको सपना हुन्छ– लोकसेवामा नाम निकालेर सरकारी जागिर खाने । नेपालमा निजामती सेवाको बढ्दो आकर्षणसँगै लोकसेवामा प्रतिष्पर्धा झन्–झन् कठिन हुँदै गएको छ । लोकसेवा आयोगले यस वर्ष माग गरेको ४६५ शाखा अधिकृतका लागि बिसौं हजारले आवेदन दिइसकेका छन् । त्यसैगरी उपसचिवका लागि पनि परीक्षा चलिरहेको छ । सेवा प्रवेशका लागि योग्य बन्न हजारौं युवायुवती ट्युसन,कोचिङलगायत स्वअध्ययनसहित मिहिनेत गरिरहेका छन् । तर,लोकसेवामा नाम निकाल्न सजिलो छैन,सानोतिनो तपस्या नै गर्नुपर्छ यसमा नाम निकाल्न । निरन्तरको मेहनतका साथ धैर्य र आत्मबल पनि चाहिने भुक्तभोगीहरुको धारणा छ । यसै सन्दर्भमा लोकसेवा टपर तथा हालका वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव किरणराज शर्माले लोकसेवा परीक्षामा सफल बन्ने केही टिप्स बाँडेका छन्,आजको नयाँ पत्रिका दैनिकमा । शर्माका अनुसार सबैभन्दा पहिले अध्ययन सामग्रीको खोजविन गर्ने काममा यसको तयारीमा रहेकाले ध्यान दिनुपर्छ । तर अध्ययन सामग्री खोज्दा पाठ्यक्रम र सोसँग सम्बन्धित सामग्रीमा भने बिशेष चनाखो हुनुपर्छ । राष्ट्रिय योजना आयोग,अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय ,लोकसेवा आयोग,विभिन्न संसदीय समितिका प्रतिवेदन,प्रशासन सुधारका प्रतिवेदन संकलन गरी अध्ययन गर्न पनि लोकसेवाको तयारीमा रहेकाले छुटाउनु हुँदैन । बिबिसी नेपाली सेवालगायतको राष्ट्रिय,अन्तर्राष्ट्रिय समाचार च्यानल सुन्ने,हेर्ने र महत्वपूर्ण घटनाक्रमको टिपोट गर्ने गर्नाले पनि परीक्षार्थीलाई फाइदा पुग्छ । यसको साथमा सम्बन्धित विषयमा विद्वानहरुको लेख तथा अन्तरवार्ता पढ्ने र महत्वपूर्ण कुराहरु टिपोट गर्ने बानी बसाल्न फिटिक्कै अल्छी गर्नु हुँदैन । अगाडिका परीक्षामा उत्तीर्ण भएकाको अनुभव जान्न उनीहरुसँग कुराकानी गर्नु पनि उत्तिकै हितकर हुन्छ । इन्टरनेटमा बृहत्तर ज्ञान छ । त्यसको उपयोग गर्दै पाठ्यक्रम अनुसारको विषयको अध्ययन गर्नाले पनि निकै सहयोग पुग्छ । पाठ्यक्रम अनुसारको नोटकपी बनाएर, अलग–अलग विषय संग्रह गरेर अध्ययन गर्ने बानी बसाल्न ढिलो गर्न हुँदैन । निराशाले मानिसलाई गन्तव्यमा पुर्याउँदैन । यो मानिसको सफलताको शत्रु हो । त्यसैले हरेक समय उत्साहित रहिरहनुपर्छ । कहिल्यै पनि मनोबल कम हुने गरी सोच्नु हुँदैन । सधैभरी सकारात्मक सोच राख्नुपर्छ । अध्ययनका लागि समय चयन पनि निकै नै महत्वपूर्ण मानिन्छ । त्यसका लागि बिहान ४–६ र साँझ पनि दुई घन्टा पढ्नु राम्रो हुन्छ । साथमा दैनिक पढेका कुराहरु लेख्ने र सम्झने कोसिस गर्न छाड्नु हुँदैन । पढ्दा निरन्तर होइन,एक घन्टामा दश मिनेट जति ब्रेक लिनुपर्छ । दैनिक एउटै विषय नपढेर २–३ वटा क्षेत्र तथा विषय पढ्दा राम्रो हुन्छ । कुनै कुरा नोट गर्दा शुद्व,राम्रा र छोटा वाक्य लेख्नुपर्छ,ताकि त्यसले तपाईंको लेख्ने बानीमा सुधार होस र एउटा लय बसोस् । अबधारणा ,सिद्वान्त र अभ्यासजस्ता विषयमा जानकारी राख्न पनि छुटाउनु हुँदैन । लेख्दा तथा अन्तर्वाता दिँदा ओजपूर्ण शब्दचयन गर्ने बानीको पनि विकास गर्नुपर्छ । पढ्दा कुर्सी तथा टेबुलमा बसेर एकाग्र भएर पढ्नुपर्छ । ऐनामा हेरी विश्लेषण गर्ने बानी बसाल्दा त्यसले धेरै नै फाइदा पुग्छ । मिल्ने,खुल्ने र जान्ने साथीसँग सहकार्य गर्ने कुरामा पछि पर्नु हुँदैहुँदैन । वातावरणलाई जतिमैत्रीपूर्ण र हर्षपूर्ण बनाइयो त्यति नै फाइदा हुन्छ,त्यसैले यसतर्फ ध्यान दिनु हितकर नै हुन्छ । - 
काभ्रे, ‘म अब स्वामी हुन सकिनँ, मेरो मन विचलित भयो’ भन्दै एक जना महादेवका भक्त जोगीले आफ्नै लिंग छेदन गरेका छन् । उनले ‘त्यागमय जीवन भोग गरिहेको समयमा लिंगले डगमगाउन खोज्यो’ भन्दै हँसियाले आफ्नो लिंग छेदन गरेका हुन ।
यो घटना काभ्रेपलाञ्चोक जिल्ला मण्डन महादेवस्थान-३ स्थित कश्यपेश्वर महादेवको मन्दिरमा घटेको हो । सत्ययुगमा महादेवकी श्रीमती सतीदेवीको मृत्युपश्चात् नाभी पतन भएको स्थानमा निर्मित महादेव मन्दिरमा श्रीस्वस्थानी ब्रतकथाको प्रारम्भ भएकै दिन अर्थात पौष शुक्ल पूणिर्माको दिन पारेर उनले आफ्नो लिंग छेदन गरेका हुन् । उनले आफू महादेवको भक्त भएको र स्त्री जातिको सम्मान गर्ने समयमा स्त्रीप्रति नकारात्मक सोंच पलाउनुमा आफ्नो लिंग नै दोषी भएकाले त्यसलाई छेदन गरेको सुनाएका छन ।
राजधानी काठमाडौको गोदावरीका ५० बर्षीय अर्जुनकुमार सिलवालका आमा र बुबाको देहान्तपछि शिवभक्त बनेका हुन् । बताइए अनुसार पशुपतिमा करिब २० वर्षको सेवापश्चात उनी ६ बर्षअघि मात्र महादेवस्थान स्थित मन्दिरमा आएका थिए । सुरुका दिनमा आफू पूर्ण रुपमा आसनमा रहे पनि खानपानका कारण आफूमा रहेको संकल्प केही दिनदेखि टुटेकाले बाध्य भएर आफ्नो लिंग काटेको कुरा उनलाइ उद्धृत गर्दै राजधानी दैनिकले एक समाचारमा उल्लेख गरेको छ ।
Can You believe just SLC passed students can make a plane? or lets say parameter? if you dont believe also this news is true. Nepali young boys Sanjaya Kumar Yadav of 19 years old and Deepak Sharma Barahi from Dhanusha District have made this Parameter. Here in this video Young boys are performing their latency in theirs acts. Young boys kept its name Himal, Pahad and Terai (HPT).
Two young boys they used dream about to fly high in the sky from their early childhood, But dreams came true after so many years said Sanjay. He also said to dream is easy but to fulfill dreams is too hard which lasts for so many years. Now it’s helpful to understand that some people are complete naturals when it comes to launching and controlling their lucid flying dreams he said to reporters.
However That’s because flying in lucid dreams is not necessarily easy for the uninitiated. It’s not your typical experience to be able to fly in reality – so when you try to shoot off in the dream escape, your conscious brain kicks in with limitations. To become success they tried and tried very hardly for 2 years. Learned about gravity and so on. They thought why do we sabotage our flights of fancy? Why can’t we just let go and have fun with it – after all, we know we’re in fantasy land. Finally they became succeeded. Due to their full up of confident and hard work they are flying high in the sky turn by turn. Some people, in their very first lucid dream, have all the confidence in the world to jump off a skyscraper and shoot over the city like Superman.
But they are not superman. They are real man of simple background family of Mahottari district of developing country Nepal. According to designer only one person can fly by using this parameter at once. And its costs is near about two lakh and fifty thousands only Sanjay said. These 2 boys are interested to read pilot in future to fulfill their further dreams. And wants to fly a flight in upcoming days.


CALENDER

Html CodeHtml Codes

VISITORS

IP ADDRESS CHECKER

Popular Posts

COUNTER

free counter