Tuesday, January 6, 2015



साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय डोल्पाले एक हजार २०० क्विन्टल आयोडिन युक्त नुन मङ्गलबार वितरण गरेको छ। 
 
अब चैत महिनामा मात्र नुन वितरण हुने गर्दछ। जिल्लाका भोट क्षेत्रका छवटा गाविसलाई केन्द्रीय कार्यालय काठमाडौँबाटै तातोपानी भन्सार, स्वशासित क्षेत्र चीन हुँदै डोल्पाको तिन्जे डिपो कार्यालयबाट वितरण हुने गर्दथ्यो । यस पटक १७ वटै गाविसलाई सदरमुकाम दुनैबाटै वितरण भएको छ। 
 
पाँच सदस्य भएको घरमा मासिक एक केजी, ६ देखि १० जना भएकालाई दुई केजी र त्योभन्दा धेरै सदस्य भएमा मासिक तीन केजी दिने नियम रहेको छ। 
विगतका वर्षमा सदरमुकामभन्दा केही टाढा रहेका गाविसमा ठेकेदारद्वारा ढुवानी गरी ती गाविसको पाइक पर्ने ठाउँमा वितरण हुन्थ्यो । अहिले सदरमुकामबाट मात्र आयोडिन युक्त नुन वितरण हुँदा सर्वसाधारण हजारौँ रुपैयाँ खर्च गरेर नुन लिन आउन बाध्य छन् । 
 
आर्थिक वर्ष २०७१\७२ मा ठेकेदार कमल गुरुङले सिधैँ सदरमुकाम पुर्‍याएपछि यहाँबाटै वितरण भएको हो । गाउँमा वितरण गर्दा पनि सदरमुकामकै ढुवानी खोजेकाले यस पटक कुरा नमिलेको डिपो कार्यालय डोल्पाका खरिदार प्रकाश धाँमीले जानकारी दिए। 
 
तीन महिनामा एक पटक वितरण गरिने नुनमा पहुँच भएका व्यक्तिले तोकिएको मापदण्डभन्दा बढी नुन पाएको तर गाउँबाट नुन लिन आएका सर्वसाधारणले नुन पाउन निकै मुस्किल भएको सर्मी गाविसका लालबहादुर बुढाले दुखेसो पोखे। रासस 

Related Posts:

  • प्राध्यापकको गयल रोक्न त्रिविमा ल्याप्चे हाजिर  प्राध्यापकहरू विभिन्न कारण देखाउँदै ल्याप्चे मेसिनमा हाजिर गर्न मान्दैनन् मंगलबार बिहान त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागमा पुग्दा साढे दश बजेको थियो। विभागीय प्रमुख शिवशरण महर्जनले कार… Read More
  • काभ्रेमा जोगीले आफ्नै लिंग काटे ! काभ्रे, ‘म अब स्वामी हुन सकिनँ, मेरो मन विचलित भयो’ भन्दै एक जना महादेवका भक्त जोगीले आफ्नै लिंग छेदन गरेका छन् । उनले ‘त्यागमय जीवन भोग गरिहेको समयमा लिंगले डगमगाउन खोज्यो’ भन्दै हँसियाले आफ्नो लिंग छेदन गरेका हुन । यो घट… Read More
  • यसरी पढे निस्कन्छ लोकसेवामा नाम धेरै मध्यमवर्गीय नेपाली युवाको सपना हुन्छ– लोकसेवामा नाम निकालेर सरकारी जागिर खाने । नेपालमा निजामती सेवाको बढ्दो आकर्षणसँगै लोकसेवामा प्रतिष्पर्धा झन्–झन् कठिन हुँदै गएको छ । लोकसेवा आयोगले यस वर्ष माग गरेको ४६५ शाखा अधिकृत… Read More
  • एक किलो नुन पाउन हजारौँ खर्च, एक परिवारलाई मासिक एक किलो नुन साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय डोल्पाले एक हजार २०० क्विन्टल आयोडिन युक्त नुन मङ्गलबार वितरण गरेको छ।    अब चैत महिनामा मात्र नुन वितरण हुने गर्दछ। जिल्लाका भोट क्षेत्रका छवटा गाविसलाई केन्द्रीय का… Read More
  • Nepalese Young Pilots Can You believe just SLC passed students can make a plane? or lets say parameter? if you dont believe also this news is true. Nepali young boys Sanjaya Kumar Yadav of 19 years old and Deepak Sharma Barahi from Dhanusha Distr… Read More

0 comments:

Post a Comment

CALENDER

April 2025
SuMTuWThFSa
12345
6789101112
13141516171819
20212223242526
27282930

Html CodeHtml Codes

VISITORS

IP ADDRESS CHECKER

Popular Posts

COUNTER

free counter