Tuesday, January 6, 2015

काभ्रे, ‘म अब स्वामी हुन सकिनँ, मेरो मन विचलित भयो’ भन्दै एक जना महादेवका भक्त जोगीले आफ्नै लिंग छेदन गरेका छन् । उनले ‘त्यागमय जीवन भोग गरिहेको समयमा लिंगले डगमगाउन खोज्यो’ भन्दै हँसियाले आफ्नो लिंग छेदन गरेका हुन ।
यो घटना काभ्रेपलाञ्चोक जिल्ला मण्डन महादेवस्थान-३ स्थित कश्यपेश्वर महादेवको मन्दिरमा घटेको हो । सत्ययुगमा महादेवकी श्रीमती सतीदेवीको मृत्युपश्चात् नाभी पतन भएको स्थानमा निर्मित महादेव मन्दिरमा श्रीस्वस्थानी ब्रतकथाको प्रारम्भ भएकै दिन अर्थात पौष शुक्ल पूणिर्माको दिन पारेर उनले आफ्नो लिंग छेदन गरेका हुन् । उनले आफू महादेवको भक्त भएको र स्त्री जातिको सम्मान गर्ने समयमा स्त्रीप्रति नकारात्मक सोंच पलाउनुमा आफ्नो लिंग नै दोषी भएकाले त्यसलाई छेदन गरेको सुनाएका छन ।
राजधानी काठमाडौको गोदावरीका ५० बर्षीय अर्जुनकुमार सिलवालका आमा र बुबाको देहान्तपछि शिवभक्त बनेका हुन् । बताइए अनुसार पशुपतिमा करिब २० वर्षको सेवापश्चात उनी ६ बर्षअघि मात्र महादेवस्थान स्थित मन्दिरमा आएका थिए । सुरुका दिनमा आफू पूर्ण रुपमा आसनमा रहे पनि खानपानका कारण आफूमा रहेको संकल्प केही दिनदेखि टुटेकाले बाध्य भएर आफ्नो लिंग काटेको कुरा उनलाइ उद्धृत गर्दै राजधानी दैनिकले एक समाचारमा उल्लेख गरेको छ ।

Related Posts:

  • हिउँ छैन सगरमाथामा काठमाडौं,पुस २६ – सँगैको तस्बिर संसारकै अग्लो शिखर सगरमाथाको हो। आठ हजार आठ सय ४८ मिटर अग्लो यो चुचुरोनजिकैको कालापत्थरबाट मंगलबार साँझ यस्तो देखिएको थियो ९नांगै०। मध्यहिउँदमा सेताम्मे देखिनुपर्ने सगरमाथा शिखर कालो पहरोजस्तो… Read More
  • एक किलो नुन पाउन हजारौँ खर्च, एक परिवारलाई मासिक एक किलो नुन साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय डोल्पाले एक हजार २०० क्विन्टल आयोडिन युक्त नुन मङ्गलबार वितरण गरेको छ।    अब चैत महिनामा मात्र नुन वितरण हुने गर्दछ। जिल्लाका भोट क्षेत्रका छवटा गाविसलाई केन्द्रीय का… Read More
  • Best Selfies Ever Here are some of the selfies which are best till now. … Read More
  • प्राध्यापकको गयल रोक्न त्रिविमा ल्याप्चे हाजिर  प्राध्यापकहरू विभिन्न कारण देखाउँदै ल्याप्चे मेसिनमा हाजिर गर्न मान्दैनन् मंगलबार बिहान त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागमा पुग्दा साढे दश बजेको थियो। विभागीय प्रमुख शिवशरण महर्जनले कार… Read More
  • यसरी पढे निस्कन्छ लोकसेवामा नाम धेरै मध्यमवर्गीय नेपाली युवाको सपना हुन्छ– लोकसेवामा नाम निकालेर सरकारी जागिर खाने । नेपालमा निजामती सेवाको बढ्दो आकर्षणसँगै लोकसेवामा प्रतिष्पर्धा झन्–झन् कठिन हुँदै गएको छ । लोकसेवा आयोगले यस वर्ष माग गरेको ४६५ शाखा अधिकृत… Read More

0 comments:

Post a Comment

CALENDER

April 2025
SuMTuWThFSa
12345
6789101112
13141516171819
20212223242526
27282930

Html CodeHtml Codes

VISITORS

IP ADDRESS CHECKER

Popular Posts

COUNTER

free counter