Tuesday, January 6, 2015



 प्राध्यापकहरू विभिन्न कारण देखाउँदै ल्याप्चे मेसिनमा हाजिर गर्न मान्दैनन्


मंगलबार बिहान त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागमा पुग्दा साढे दश बजेको थियो। विभागीय प्रमुख शिवशरण महर्जनले कार्यलय बाहिर राखिएको मेसिनमा बुढी औंलाले छोए। मेसिनले ठीक चिन्ह देखाएपछि टेबुलमा रहेको हाजिरी रजिष्टरमा दस्तखत गरे। बुढी औंलाले छोएको भरमा आएको र गएको रेर्कड राख्ने यो मेसिन महर्जनलाई गज्जब लागेको छ। 
 
विद्यार्थीको सधै गुनासो हुन्थ्यो, विषयविज्ञ, प्राध्यापक र डाक्टरहरु त्रिविमा जागिर त खान्छन, तर कहिलै अनुहार देखाउादैनन। धेरै प्राध्यापकहरु बाहिरका कार्यक्रम सक्ने विश्वविद्यालयमा हाजिर गर्न मात्र जान्थे, केही दिनअघि र पछिको समेत हाजिरी ठोक्थे। 
 
अति नै भएपछि केही समय पहिला त्रिविका विद्यार्थीले फर्जी हाजिरी गर्ने प्राध्यापकको हाजिरी पुस्तिका च्यातेर फालिदिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि त्रिविमा प्राध्यापकको हाजिरीका विषयमा चासो देखायो। अख्तियारले चासो मात्र देखाएन, वैज्ञानिक व्यवस्था गर्न निर्देशनसमेत दियो। 
 
अहिले त्रिविका धेरै केन्द्रीय विभागले धमाधम ल्याप्चे (फिंगर प्रिन्ट एटेन्डयान्स) मेसिन प्रयोग गर्न थालेका छन्। करिब ४३ हजार मूल्य पर्ने मेसिनको पुरै भर भने उनीहरुलाई छैन। त्यसैले रजिस्टरमा हाजिर गर्ने चलन पनि कायमै छ। 
 
कतिपय प्राध्यापकलाई भने यो प्रविधि टाउको दुखाइको विषय बनेको छ। ल्याप्चे मेसिनको विरोध गर्ने प्राध्यापक शिक्षाशास्त्र केन्द्रीय विभागमा बढी छन। १ सय ५० जनाको स्थायी दरबन्दी भएको सो विभागका कतिपय प्राध्यापकले विभिन्न कारण देखाउँदै ल्याप्चे मेसिनमा हाजिर गर्न मानेका छैनन्।
 
'कतिपय सरहरुलाई नयाँ प्रविधि पचेको छैन', विभागीय प्रमुखले भने। ल्याप्चे हाजिरी नगर्ने प्राध्यापकलाई महर्जन निर्देशन दिन पनि सक्दैनन्। 'ल्याप्चे हाजिर नगर्ने सरहरु मभन्दा पनि सिनियर हुनुहुन्छ, मैले उहाँहरुलाई जबरजस्ती गर्न पनि सक्दैन', महर्जनले गुनासो पोखे।
 
परीक्षणमा रहेको ल्याप्चे मेसिनमा पनि केही व्यवहारिक समस्या छन्। व्यवस्थापन केन्द्रीय विभागकी कम्प्युटर अपरेटर सन्ध्या पौडेलका अनुसार मेसिनले बिहान साढे दश बजेसम्म मात्र इन्ट्री गर्छ। साढे दशबजेपछि रेकर्ड नै राख्दैन। साँझ पनि पौने चारबजेपछि मात्र बाहिरिएको रेर्कड राख्छ। सबैभन्दा मर्कामा एक दुई पिरियडमात्र पढाउने प्राध्यापक परेका छन्। भइपरि आउने विदा र अन्य व्यवहारिक विशेषता नसमेटिएकाले समस्या भएको पौडेल बताउँछिन्। समस्या समाधान गर्न पहल भइरहेको पौडेलले जानकारी दिइन्। 
 
दिउँसो साढे तीन बजे त्रिविका निमित्त रजिष्ट्रार समेत रहेका प्राध्यापक देवराज अधिकारी त्यही मेशिनमा बुढी औंलो छुवाउन कुरिरहेका थिए। 'चार बजेदेखि बल्खुमा मिटिङ छ, तर यो मेसिनले पौने चार नबज्दासम्म गएको रेर्कड नै राख्दैन, नत्र त अघि नै गइसक्थे', अधिकारीले हाँस्दै भने। ल्याप्चे मेसिनले हाजिरी नियम प्रभावकारी भएको अधिकारीको बुझाई छ। 'सरहरुमा पनि इमान्दार हुनुपर्छ भन्ने परेको छ', अधिकारीले भने। व्यवस्थापन विभागमा मेसिनको प्रयोगमा कुनै विवाद नभएको पनि उनले जानकारी दिए। 
 
चार बजे त्रिविको केन्द्रीय कार्यालयबाट बाहिर निस्कन लाग्दा प्राध्यापक र कर्मचारी त्यही ल्याप्चे मेसिनमा बुढी औंला छोइरहेका थिए।

Related Posts:

  • SOME OF AWESOME PICTURES SEEN IN 2014 FROM SPACE                CREDITS; INTERNATIONAL SPACE STATION . … Read More
  • काभ्रेमा जोगीले आफ्नै लिंग काटे ! काभ्रे, ‘म अब स्वामी हुन सकिनँ, मेरो मन विचलित भयो’ भन्दै एक जना महादेवका भक्त जोगीले आफ्नै लिंग छेदन गरेका छन् । उनले ‘त्यागमय जीवन भोग गरिहेको समयमा लिंगले डगमगाउन खोज्यो’ भन्दै हँसियाले आफ्नो लिंग छेदन गरेका हुन । यो घट… Read More
  • एक किलो नुन पाउन हजारौँ खर्च, एक परिवारलाई मासिक एक किलो नुन साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय डोल्पाले एक हजार २०० क्विन्टल आयोडिन युक्त नुन मङ्गलबार वितरण गरेको छ।    अब चैत महिनामा मात्र नुन वितरण हुने गर्दछ। जिल्लाका भोट क्षेत्रका छवटा गाविसलाई केन्द्रीय का… Read More
  • यसरी पढे निस्कन्छ लोकसेवामा नाम धेरै मध्यमवर्गीय नेपाली युवाको सपना हुन्छ– लोकसेवामा नाम निकालेर सरकारी जागिर खाने । नेपालमा निजामती सेवाको बढ्दो आकर्षणसँगै लोकसेवामा प्रतिष्पर्धा झन्–झन् कठिन हुँदै गएको छ । लोकसेवा आयोगले यस वर्ष माग गरेको ४६५ शाखा अधिकृत… Read More
  • Nepalese Young Pilots Can You believe just SLC passed students can make a plane? or lets say parameter? if you dont believe also this news is true. Nepali young boys Sanjaya Kumar Yadav of 19 years old and Deepak Sharma Barahi from Dhanusha Distr… Read More

0 comments:

Post a Comment

CALENDER

April 2025
SuMTuWThFSa
12345
6789101112
13141516171819
20212223242526
27282930

Html CodeHtml Codes

VISITORS

IP ADDRESS CHECKER

Popular Posts

COUNTER

free counter