काठमाडौं,पुस २६ – सँगैको तस्बिर संसारकै अग्लो शिखर सगरमाथाको हो। आठ हजार आठ सय ४८ मिटर अग्लो यो चुचुरोनजिकैको कालापत्थरबाट मंगलबार साँझ यस्तो देखिएको थियो ९नांगै०। मध्यहिउँदमा सेताम्मे देखिनुपर्ने सगरमाथा शिखर कालो पहरोजस्तो उजाड छ। कतैकतै अलिअलि हिउँ देखिन्छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । नेपाल विज्ञान प्रविधि प्रतिष्ठानको अगुवाइमा इटालीको शिक्षा मन्त्रालयले राखिदिएको ९इटालियन स्याटलाइट० वेब क्यामराले खिचेको यो तस्बिरले हिमालमा हिउँ पातलिएको बलियो प्रमाण दिएको छ। अघिल्लो सातादेखि उच्च हिमाली भेगमा पानी र हिउँ परिरहेको छ तर सगरमाथाको चुचुरोमा हिउँ छैन। विज्ञहरूका अनुसार तापक्रम वृद्धिका कारण हिउँ पग्लेर झर्ने क्रम तीव्र हुँदा हिमालमा हिउँ पातलिएको हो। हिउँ पग्लिएर तल झर्दा ढुंगा र पहरा देखिन थालेको छ। १२ पटक सगरमाथा आरोहण गरेका नाम्ग्या शेर्पाका अुनसार हिउँ पग्लिने क्रम बढेपछि पछिल्ला वर्षमा सगरमाथामा धेरै समय हिउँ रहँदैन। तीव्र गतिको हावाले भिरालो ठाउँमा जम्मा भएको हिउँ उडाइदिन्छ। ुसगरमाथामा हिउँ नै पर्न छाडेको होइन। तर परेको हिउँ पग्लिने र तल झर्ने कारणले नांगो पहाड देखिएको होु, ना ग्याले भने। सगरमाथा मात्रै होइन, आडैको ल्होत्से हिमालमा पनि हिउँ छैन। सगरमाथाबारे अध्ययन गरिरहेका वैज्ञानिक सुदीप ठकुरीले सगरमाथाको हिउँ पग्लिने र हिमताल बन्ने क्रम तीव्र भएको बताए। सन् २००१ देखि २०१४ सम्ममा हिउँ पग्लिएर बनेका हिमतालको आकार प्रतिवर्ष ०।६ मिटरका दरले बढिरहेको छ। ुहिमतालको आकार बढिरहनु भनेको सगरमाथाको हिउँ पग्लिने क्रम तीव्र हुनु होु, ठकुरीले भने। सन् १९९० देखि २०१४ सम्म हिउँको परिणाममाथिको अध्ययनले समेत सगरमाथा क्षेत्रमा हिउँको मात्रा घटेको ठकुरीले बताए। ुजमेको बाक्लो हिउँ चुचुरोतिरबाट झरेर तल आउँदा हिमतालको आकार बढिरहेको छु, ठकुरीसहितको अन्तर्राष्ट्रिय विज्ञ टोलीले गत महिना सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ, ुहिउँ पग्लिएर बनेका ससाना पोखरी जोडिँदै ठूलो बन्ने क्रम तीव्र छ।ु सगरमाथाको इम्जा च्छो हिमताल यसैको एउटा उदाहरण हो। यो हिमताल प्रत्येक वर्ष ७४ मिटरका दरले बढिरहेको इसिमोडको अध्ययन छ। हिउँ पग्लिने क्रम बढेकाले अन्य हिमालमा पनि काला ढुंगा र पहाड देखिएका छन्। हिउँ पग्लिँदा सगरमाथा आरोहणसमेत कठिन बन्दै गएको छ। पातलो हिउँकै कारण चुचुरो चुम्न अप्ठ्यारो भइरहेको अनुभव आरोहीहरूले सुनाएका छन्। २१ पटक सगरमाथा आरोहण गरेका आप्पा शेर्पाले केही वर्षअघि चढ्दाको भन्दा अहिले सगरमाथामा आधामात्रै हिउँ देखिने बताए। उनले चुचुरोबाट फर्किंदा पाँच हजार मिटरमा हिउँ पग्लिएर बनेको सानो पानी पोखरी भेटिएको घटना सुनाएका थिए। ुसगरमाथामा हिउँ पातलिएको छ। पहिले हिउँमाथि मज्जाले हिँडिन्थ्यो, अहिले ढुंगामाथि चढ्नुपर्छु, आप्पाले भने। -
Saturday, January 10, 2015
3:20 AM
निर्मलियन
No comments
Related Posts:
हिउँ छैन सगरमाथामा काठमाडौं,पुस २६ – सँगैको तस्बिर संसारकै अग्लो शिखर सगरमाथाको हो। आठ हजार आठ सय ४८ मिटर अग्लो यो चुचुरोनजिकैको कालापत्थरबाट मंगलबार साँझ यस्तो देखिएको थियो ९नांगै०। मध्यहिउँदमा सेताम्मे देखिनुपर्ने सगरमाथा शिखर कालो पहरोजस्तो… Read More
Ronaldo named world player of year ZURICH , JAN 13 - For the third time, Cristiano Ronaldo was voted the world's best football player. He hopes it also brought him closer to being remembered as one of the greatest of all time.Ronaldo won the FIFA Ballon d… Read More
कुखुरीलाई यौनजन्य ब्यवहार गरेको भन्दै उजुरी मिडिया ,काठमाडौँ । सहमतीमा गरे जे पनि सम्भव छ । तर असहमती र जबरजस्तीमा उजुरी पर्नु र कानुनी प्रक्रियामा जानु एउटा कुरा । तर पछिल्लो समय यौन हिंसा र त्यसको प्रतिकारको प्रक्रिया अब मानिसमा मात्र सिमित रहेन । हुँदा हुँदा… Read More
गर्भ थाहा पाएको १ घण्टापछि युवतीले जन्माइन् छोरी बच्चा जन्माउने बेला हुँदासम्म कुनै युवतीलाई आफु गर्भवती भएको समेत थाहा हुँदैन, त्यो पनि अमेरिका जस्तो देशमा । निकै अचम्म लाग्दो यो घटना अनुसार कम्मर दुखेर कम्मरको उपचार गर्न अस्पताल पुगेकी एक युवतीलाई अस्पतालमै आफु गर्भवती … Read More
Best Selfies Ever Here are some of the selfies which are best till now. … Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment